logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • भुटानका राजा वाङचुकले स्वयम्भूनाथ पुगेर दर्शन गरे

    1KShares
    भुटानका राजा वाङचुकले स्वयम्भूनाथ पुगेर दर्शन गरे

    काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ पुगेर दर्शन गरेका छन् । निजी भ्रमणका लागि आजै काठमाडौं आएका वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका हुन् ।

    त्यसअघि, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी राजालाई स्वागत गरेका थिए । करिब आधा घण्टा स्वयम्भूनाथ परिसरमा बिताएका भुटानी राजाले काठमाडौं उपत्यकाको दृश्यावलोकन पनि गरेका थिए । भारतबाट स्वदेश फर्किने क्रममा काठमाडौं आएका उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर २१, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार