logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • तरुण दलका नेताद्वयले सुरु गरे आमरण अनसन, के हुन् कारणहरु ?

    2.1KShares
    तरुण दलका नेताद्वयले सुरु गरे आमरण अनसन, के हुन् कारणहरु  ?

    काठमाडौं । नेपाल तरुण दलका नेताद्वयले  आमरण अनसन सुरु गरेका छन् । तरुण दलका केन्द्रीय सदस्य रोजन राई र अम्बिका बास्कोटाले कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आमरण अनसन सुरु गरेका हुन् । महाधिवेशन गर्न असक्षम रहेको भन्दै तरुण दलको तदर्थ समिति भंगको मागसहित उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत केन्द्रीय नेताहरुको ध्यानाकर्षण हुनेगरि आमरण अनसन सुरू गरेका हुन् ।

    संगठनमा गुटउपगुट बनाएर लम्जुङमा कार्यकर्तामाथि खुकुरी प्रहारजस्ता आपराधिक कार्य गरेको, भवन निर्माणको लागि विनियोजित बजेटबारे गलत प्रचार गरेर गणेशमान सिंह र सिंगो पार्टीलाई बदनाम र विवादित बनाएको, ५० भन्दा बढी जिल्लामा कार्यवाहकमाथि कार्यवाहकको जिम्मेवारी दिइएको उनीहरूको आरोप रहेको छ ।

    त्यस्तै २०७८ सालमै स्थानीय र आम चुनावको ३ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएकोमा तदर्थ समितिले पटकपटक म्याद थप्दा पनि ३-३ वर्षसम्म एउटा पनि जिल्लाको अधिवेशन गर्न नसकेको, पार्टीको केन्द्रीय समितिले २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वतस् समाप्त हुने निर्णय गरेको लगायतका कारण तदर्थ समिति भंग हुनुपर्ने माग राख्दै आमरण अनसन बसेको तरुण दलका केन्द्रीय सदस्य राई र बास्कोटाले  जानकारी गराएका छन् ।  कुनै पनि जिम्मेवारी पूरा गर्न नसक्ने संस्था वा व्यक्तिलाई पुरस्कार नभई दण्ड दिने परिपाटी बसाल्न उनीहरूले ध्यानाकर्षण गराएका छन् ।

    आमरण अनसनमा बसेका नेताहरुका अनुसार तरुण दलको वर्तमान तदर्थसमिति भंग गर्नुपर्ने कारणहरु यस्ता छन् :

    १)  २०७८ सालमा तरुण दलको जिम्मेवारी दिदा पाटीले स्थानिय र आम निर्वाचन सम्पन्न भएको तीन महिना भित्र महाधिवेशन गर्न निर्देशन दिएको तर तदर्थ समितिले पटक पटक म्याद थप्दा पनि ३-३ बर्ष सम्म एउटा पनि जिल्लाको अधिवेसन गर्न नसकेको

    २) नेपाली कांग्रेसको केन्द्रीय समितिले २०८१ चैत मसान्त देखि दलको कार्यकाल स्वतह समाप्त हुने निर्णय गरेको

    ३) तरुण दलको कार्यलय भवन केन्द्रीय समितिलाई थाहा नदिई निजि सम्पत्ति झै गरि आफुखुशी भत्काएर तरुण दललाई कार्यलय विहिन बनाएको

    ४) तरुण दलमा गुट उपगुट बनाई लम्जुङमा आफ्नै उपस्थितिमा तरुण दलका कार्यकर्ता माथि खुकुरी प्रहार गराउने घृणित र आपराधिक कार्य गरेको

    ५) गणेशमान सिंह प्रतिष्ठान भवन निर्माणको लागि विनियोजित बजेटलाई तरुण दलको कार्यलय भवन निर्माणमा बजेट छुट्टिएको भनि गलत प्रचार गरि लौह पुरुष गणेशमान सिंह र सिंगो पार्टीलाई बदनाम र विवादित बनाएको

    ६) ५० भन्दा बढी जिल्लाहरुमा कार्यबाहकको कार्यबाहक र फेरि कार्यबाहकको पनि कार्यबाहक जिल्ला अध्यक्षहरु रहेको हुदा सांगठनिक गतिविधि ठप्प भएको

     



    फास्ट न्युज    
  • २०८२ असार १५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट