काठमाण्डाै । सुनचाँदीका गहनामा लगाइएकाे २ प्रतिशत विलासिता कर खारेजीकाे माग गर्दै सुनचाँदी व्यवसायीहरूले प्रदर्शन गरेका छन् । सुनचाँदीमा सरकारले लगाएको करका विरुद्ध ध्यानाकर्षण गराउने भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिको अगुवाइमा व्यवसायीहरू आन्दोलित भएका हुन् । आज उनीहरूले न्युरोड गेटदेखि इन्द्रचोक डबलीसम्म र्यालीसहित आन्दोलन गरेका हुन् ।
कानूनले सुनलाई नगदसरहको सम्पत्तिको मान्यता दिएकाले सुनमा लगाइएको २ प्रतिशत विलासी शुल्क खारेज हुनुपर्ने सङ्घर्ष समितिको माग छ । त्यस्तै हीरा, जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गरेर पूर्ववत् व्यवस्था कायम गरिनुपर्ने, उपभोक्ताहित, गहना उत्पादक तथा कालिगढ, व्यवसायीमैत्री सुनचाँदी सम्बन्धी ऐन, कानून र कार्यविधि तुरुन्त जारी गरिनुपर्ने, सानो परिमाणमा ५० ग्राम र १०० ग्रामका सुनका टुक्राहरू खुला रूपमा पान र कर चुक्ता प्रमाणपत्रका आधारमा गहना उत्पादक तथा कालिगढ व्यवसायीले खरिद गर्ने व्यवस्था मिलाइनुपर्ने उनीहरूको माग छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया