logo

२०८३ श्रावण ३१ आईतवार

logo
  • २०८३ श्रावण ३१ आईतवार
  • रुसले पश्चिममा देशको कृषिजन्य उत्पादनमा थप दुई वर्ष प्रतिबन्ध लगायो

    991Shares
    रुसले पश्चिममा देशको कृषिजन्य उत्पादनमा थप दुई वर्ष प्रतिबन्ध लगायो

    मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहितका पश्चिमी देशहरुबाट कृषिजन्य वस्तु आयातको प्रतिवन्ध दुई वर्षको लागि थप्नुभएको छ । प्रतिबन्ध लम्बाउने आदेशमा पुटिनले आज हस्ताक्षर गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    सन् २०१४ मा युक्रेनको क्रिमियामा आक्रमण गरेर कब्जा गरेपछि पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका थिए । त्यसयता रुसले पश्चिमा देशबाट कृषि उत्पादनको आयात कम गर्दै अन्तिममा प्रतिबन्ध नै लगाएको थियो । प्रतिबन्धका कारण देशको कृषि उत्पादन बढिरहेको भन्दै पुटिनले आयात प्रतिबन्धको प्रशंसा गर्नुभएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट