logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • नेपालमा क्रिश्चियन र इस्लाम धर्मावलम्बी बढे, अन्य धर्म मान्ने घटे

    1.1KShares
    नेपालमा क्रिश्चियन र इस्लाम धर्मावलम्बी बढे, अन्य धर्म मान्ने घटे

    काठमाडौं । नेपालमा १० वर्षको बीचमा क्रिश्चियन र इस्लाम धर्मावलम्बीबाहेक अन्य सबै धर्म मान्ने जनसंख्या घटेको पाइएको छ ।केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०६८ सालदेखि २०७८ को बीचमा इस्लामको शून्य दशमलव ३० र क्रिश्चियनको जनसंख्या शून्य दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।

    हिन्दू धर्मावलम्बीको जनसंख्या शून्य दशमलव १५ प्रतिशतले घटेको विभागको तथ्यांकमा छ भने बौद्ध धर्मावलम्बीको संख्या करिब एक प्रतिशतले घटेको छ । बौद्ध र हिन्दु धर्म मान्नेहरूले यसबीचमा धर्मान्तरण गरेर क्रिश्चियन धर्म अपनाएको पाइन्छ । २०६८ को जनगणना अनुसार नेपालमा हिन्दू धर्मावलम्बीको जनसंख्या ८१ दशमलव ३४ प्रतिशत रहेको थियो । पछिल्लो जनगणनामा ८१ दशमलव १९ प्रतिशत छ ।

    त्यस्तै बौद्ध धर्मावलम्बीको जनसंख्या २०६८ मा ९ दशमलव ०४ प्रतिशत रहेकोमा पछिल्लो जनगणनामा यो घटेर ८ दशमलव २१ प्रतिशत भएको छ । आदिवासी जनजाति समुदायमा धर्म परिवर्तन गरेर क्रिश्चियन बनाउने प्रवृत्ति बढेको असर बौद्ध धर्मावलम्बीको जनसंख्यामा देखिएको बताइन्छ ।

    २०६८ को जनगणनामा १ दशमलव ४२ प्रतिशत रहेको क्रिश्चियनको जनसंख्या पछिल्लो जनगणनामा १ दशमलव ७६ प्रतिशत पुगेको छ । मुस्लिमको जनसंख्या ४ दशमलव ३९ प्रतिशतबाट बढेर ५ दशमलव ०९ प्रतिशत पुगेको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट