logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जीत

    एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जीत

    351
    SHARES
    एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जीत

    काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जीत हासिल गरेको छ । आज भएकाे खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हरायाे ।



    कर्णालीले दिएको १ सय ४२ रनको लक्ष्य जनकपुरले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेटायो । जनकपुरका कप्तान अनिल शाहले नटआउट ६२ रन बनाए । यस्तै आसिफ शेखले ३६ रन जोडे । कर्णालीका मौसम ढकाल र जीशान मक्सूदले १/१ विकेट लिए ।

    यसअघि कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । कर्णालीका गुल्सन झाले ३६, अर्जुन घर्तीले ३३, कप्तान सोमपाल कामीले नटआउट २९ रन बनाए । यस्तै भारतीय खेलाडी शिखर धवन १४ रनमा आउट भए । जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए । यसअघि जनकपुरले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई हराएको थियो ।


    फास्ट न्युज
  • सोमबार, १७ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट