logo

२०८३ आश्विन १ बिहीबार

logo
  • २०८३ आश्विन १ बिहीबार
  • एमालेले गर्यो वार्षिक कार्ययोजना पारित

    1.1KShares
    एमालेले गर्यो वार्षिक कार्ययोजना पारित

    काठमाडौं । नेकपा एमालेले वार्षिक कार्ययोजना पारित गरेको छ। ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले पोलिटब्युरो बैठकले दिएको सुझावका आधारमा कार्ययोजना पारित गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

    उनका अनुसार कार्ययोजनामा विभिन्न १८ वटा विषय समेटिएको छ। पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण, नियमित अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने विषय कार्ययोजनामा समेटिएको छ। सबै तहको अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने गरी योजना बनाइएको उनले बताए।

    पार्टी प्रवेश गरेका र विभिन्न कमिटीबाट बिदा भएकालाई तीन महिनाभित्र जिम्मेवारी दिइने कुरा कार्ययोजनामा उल्लेख छ। यस्तै पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्यांकनका लागि विधि बनाइएको छ। पार्टी एकता कसरी निमार्ण गर्न सकिन्छ भन्ने कुरालाई आधार बनाएर कार्ययोजना बनाइएको महासचिव पोखरेलले बताए।

    पार्टी स्कुल अभियानको रूपमा सञ्चालन गर्ने र प्रत्येक वर्ष पार्टीका सदस्यले अनिवार्य रूपमा कुनै न कुनै तहको पार्टीको स्कुलमा सहभागि भई प्रशिक्षित हुनुपर्ने विषय कार्ययोजनामा उल्लेख छ। कार्ययोजनामा सरकारले गरेका कामलाई जनस्तरमा लैजाने र पार्टी कार्यालय व्यवस्थित रूपमा सञ्चालन गर्ने जोड दिइएको छ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट