logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • किन पक्राउ परे पूर्वसांसद ढाका श्रेष्ठ ?

    856Shares
    किन पक्राउ परे पूर्वसांसद ढाका श्रेष्ठ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार साँझ पोखराबाट उनलाई पक्राउ गरिएको हो ।

    उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध बिक्री गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    गत साउन ३ गते लागुऔषधसहित पक्राउ परेका रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगर माथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मगरले उक्त औषधि दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।

    समानुपातिक सांसद रहेको श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो बाहिरिएपछि रास्वपाले उनलाई निलम्बित गरेका थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट