logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • पार्टीका सबै कमिटी भंग गर्दै विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव

    934Shares
    पार्टीका सबै कमिटी भंग गर्दै विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव

    काठमाडौं, २१ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै कमिटी भंग गर्दै विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। आइतबार बसेको पार्टी पदाधिकारीहरूको बैठकमा उनले आगामी मंसिर महिनामा विशेष महाधिवेशन आयोजना गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव राखेका हुन्।

    प्रचण्डको यो प्रस्ताव पदाधिकारी बैठकबाट पारित भएमा केन्द्रीय कमिटीमा पेश गरिनेछ। त्यसपछि केन्द्रीय कमिटीको बैठकबाट यसबारे औपचारिक निर्णय हुने जनाइएको छ। पार्टीका एक पदाधिकारीका अनुसार, “अध्यक्षले पार्टीका हालका सबै कमिटीहरूलाई भंग गरेर तिनीहरूलाई आयोजक समितिमा रूपान्तरण गर्ने र विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव राख्नुभएको हो।”

    साथै, अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठक एक हप्ताभित्रै बोलाउने तयारी पनि गरेका छन्। पार्टीभित्र विशेष महाधिवेशनको माग लामो समयदेखि उठ्दै आएको हो। विशेष गरी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’को समूहले हालको नीति र नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै विशेष महाधिवेशनको माग गर्दै आएको छ। पछिल्लो समय जेनजी युवा आन्दोलनपछि यो माग झनै तीव्र बनेको छ। शर्माले अध्यक्ष प्रचण्डले राजीनामा दिएर नयाँ नेतृत्वका लागि बाटो खोल्नुपर्ने स्पष्ट रूपमा बताएका छन्।



    फास्ट न्युज    
  • २०८२ आश्विन ५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट