logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • मानव बेचबिखनकी अभियुक्त हतकडीसहित फरार

    1KShares
    मानव बेचबिखनकी अभियुक्त हतकडीसहित फरार

    सुदूरपश्चिम । मानव बेचबिखन अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१की ५० वर्षीया मीना शाही दमाई हतकडीसहित फरार भएकी छन्।

    मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आइतबार धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा उनलाई पुर्‍याएको थियो। तर उनी हतकडीसहित फरार भएकी हुन्।

    इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुयाएको वेला शाही फरार भएकी बताए। आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि उनलाई वैशाख ४ गते प्रहरीले पक्राउ गरेको थियो।



    फास्ट न्युज    
  • २०८२ बैशाख १५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट