काठमाडौँ । दशैंका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् । एक महिनापछि असोज २४ गते फूलपाती रहेको छ । विगतमा यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाउने निर्णय गरेपछि मात्र व्यवसायी अघि सर्थे । तर, यो पटक व्यवसायी पहिले तातेका छन् । पूर्व अरनिको यातायात प्रालिको भदौ १५ गते सञ्चालनक समितिले भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।
उहाँले भन्नुभयो, “दसैँमा सहरबाट गाउँ र विदेशबाट स्वदेश फर्किन यात्रुले आफ्नो गन्तव्यको टिकट लिन सुरु गरिसकेका छन् । सुगमतर्फका गन्तव्यमा उडान चाप समान्य रहे पनि आन्तरिक उडानको महत्वपूर्ण रुट मानिने तुम्लिङटार र सुर्खेतलगायतका गन्तव्यमा हवाई टिकट लिने यात्रुको सङ्ख्या बढिरहेको सुन्नमा आएको छ ।”
यद्यपी, नेपालका एयरलाइन्सहरुले अग्रिम बुकिङ खुलाउने गरेका छैनन् । वायुसेवा सञ्चालक संघका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ गरेका हुन् ।
त्यस्तै, दशैं, तिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो हप्तादेखि खुला गर्ने यातायात व्यवसायीहरुको तयारी छ । दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd