logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • कास्कीको घोरेपानी पदयात्रामा गएका दुई जना स्पेनिस पर्यटक बेपत्ता

    883Shares
    कास्कीको घोरेपानी पदयात्रामा गएका दुई जना स्पेनिस पर्यटक बेपत्ता

    कास्की । कास्कीको अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई जना स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।

    कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतवार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास ९पुरुष० र मोलास जुन्का मेसी ९महिला० सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो ।

    भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला अस्ति आइतवार बेलुका बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि हिजो सोमवार दिनभर खोजी गरे पनि अवस्था पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ११, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट