logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • कास्कीको घोरेपानी पदयात्रामा गएका दुई जना स्पेनिस पर्यटक बेपत्ता

    कास्कीको घोरेपानी पदयात्रामा गएका दुई जना स्पेनिस पर्यटक बेपत्ता

    351
    SHARES
    कास्कीको घोरेपानी पदयात्रामा गएका दुई जना स्पेनिस पर्यटक बेपत्ता

    कास्की । कास्कीको अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई जना स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।



    कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतवार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास ९पुरुष० र मोलास जुन्का मेसी ९महिला० सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो ।

    भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला अस्ति आइतवार बेलुका बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि हिजो सोमवार दिनभर खोजी गरे पनि अवस्था पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।


    फास्ट न्युज
  • मंगलबार, ११ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट