logo

२०८३ श्रावण ३१ आईतवार

logo
  • २०८३ श्रावण ३१ आईतवार
  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त

    811Shares
    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त

    काठमाडौं ।  काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित छनोट समितिले उपकुलपतिका लागि प्रा. डा. बरालसहित प्रा. डा. विकास नकर्मी र बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा बराललाई उपकुलपति नियुक्त गरिएको हो ।

    सरकारले गत वैशाखमा अध्यादेशमार्फत तत्कालीन उपकुलपति अच्युत वाग्लेलाई पदबाट हटाएपछि केयूको उपकुलपति पद रिक्त थियो । त्यसपछि जेठ १९ गते बसेको केयू सभाले नयाँ उपकुलपति छनोटका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।

    समितिमा केयूका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रेशु अर्याल ढुंगाना सदस्य रहेका थिए ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट