logo

२०८३ श्रावण ३१ आईतवार

logo
  • २०८३ श्रावण ३१ आईतवार
  • स्वास्थ्य बीमा अनलाइन सेवा सुरु, घरमै बसेर आबद्धता र नवीकरण गर्न सकिने

    739Shares
    स्वास्थ्य बीमा अनलाइन सेवा सुरु, घरमै बसेर आबद्धता र नवीकरण गर्न सकिने

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने अनलाइन सेवा सुरु गरेको छ ।

    बोर्डका अनुसार अब विद्युतीय प्रणालीमार्फत व्यक्ति स्वयं वा दर्ता सहयोगीले परिवारका सदस्यलाई स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बीमालेख नवीकरण गर्न सक्नेछन् । अनलाइन प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग जोडिएको छ । राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले भने आवश्यक विवरण म्यानुअल रूपमा प्रविष्ट गरी सेवा लिन सक्नेछन् ।

    स्वास्थ्य बीमा शुल्क हाल इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि स्वास्थ्य बीमा गरिसकेका परिवारले परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी विवरण अद्यावधिक तथा बीमालेख नवीकरण गर्न सक्ने बोर्डले जनाएको छ ।

    कार्यालय तथा संगठित क्षेत्रका लागि एकैपटक धेरै व्यक्तिको स्वास्थ्य बीमा आबद्धता तथा नवीकरण गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ । जिल्ला तथा प्रदेशस्तरबाट विवरण प्रमाणीकरण र स्वीकृति भएपछि विद्युतीय स्वास्थ्य बीमा परिचयपत्र जारी हुनेछ ।

    बोर्डले अनलाइन प्रणालीमार्फत स्वास्थ्य बीमामा आबद्धता र नवीकरण प्रक्रिया सहज हुने, सेवाग्राहीको समय बचत हुने तथा सेवा प्रवाहमा पारदर्शिता बढ्ने अपेक्षा गरेको छ । साथै, विवरण अद्यावधिकमार्फत बीमितको तथ्याङ्क थप व्यवस्थित र शुद्ध हुने बोर्डको भनाइ छ ।

    स्वास्थ्य बीमामा अनलाइन आबद्धता तथा नवीकरणका लागि बोर्डले eportal.hib.gov.np प्रणाली उपलब्ध गराएको छ ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ३१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट