logo

२०८३ भाद्र २० शनिबार

logo
  • २०८३ भाद्र २० शनिबार
  • रौतहटमा एक युवकले आत्मदाह प्रयास गरे, थप उपचारका लागि  ल्याइयो काठमाडौं  

    922Shares
    रौतहटमा एक युवकले आत्मदाह प्रयास गरे, थप उपचारका लागि  ल्याइयो काठमाडौं  

    रौतहट। रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । जिल्लाको गरुडा नगरपालिका–९ गम्हरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले मध्यरातमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।

    आगोले जलेपछि गौतमलाई तत्काल उपचारका लागि बेटर नेपाल अस्पताल गरुडा लगिएको थियो। चिकित्सकले थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरेका छन्।

    प्रारम्भिक उपचारमा संलग्न चिकित्सकले गौतमको घाँटीदेखि मुखसम्मको भागसहित करिब ३१ प्रतिशत शरीर जलेको छ । स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरी चौकी बिर्ताका प्रहरी सहायक निरीक्षक मनोज दासले जानकारी दिएका छन्।

    परिवारजनका अनुसार सहनीले नियमित रूपमा मानसिक औषधी सेवन गर्दै आएका थिए। घटनाको दिन उनले मादक पदार्थसमेत सेवन गरेको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ असार ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट