logo

२०८३ भाद्र १९ शुक्रबार

logo
  • २०८३ भाद्र १९ शुक्रबार
  • १८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन

    931Shares
    १८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन

    काठमाडौँ : कृषि विभागले १८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। गुणस्तरीय बीउमा किसानको पहुँच बढाउने उद्देश्यले विभागले उक्त कार्यक्रम सञ्चालन गरेको हो । सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत उन्नत बीउ उत्पादनलाई प्रोत्साहन गर्न यो कार्यक्रम अघि बढाइएको विभागले जनाएको छ।

    विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्न धानका उत्थानशील जात विकासमा जोड दिइनेछ। साथै धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने (AWD) तथा वर्षाको पानी सङ्कलनजस्ता जलवायु–मैत्री प्रविधिको विस्तार गरिनेछ।

    कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र हर्दिनाथ–३ वर्णशङ्कर जातको प्रवर्द्धन गरिनेछ। त्यस्तै २१ जोन र पाँच सुपरजोनमार्फत वर्षे तथा चैते धान खेतीमा यान्त्रिकीकरण विस्तार गर्दै मूल्य शृङ्खला विकासमा पनि जोड दिइने विभागले जनाएको छ। चैते धान प्रवर्द्धनका लागि किसानलाई अनुदान उपलब्ध गराइनेछ। यसै वर्षदेखि विभागले महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का आठ स्थानीय तहमा धानमा आधारित परियोजना पनि सुरु गरेको छ।
    — रासस



    फास्ट न्युज    
  • २०८३ असार २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट