logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व संकलन

    880Shares
    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व संकलन

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनामा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व संकलन भएको छ ।

    उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु १३ अर्ब ३६ करोड बढी राजस्व संकलन भएको बताए । चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड राजस्व संकलन गर्यो ।

    भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड राजस्व संकलन भएको थियो । यसैगरी, मङ्सिरमा रु २० अर्ब ८० करोड, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुन रु १९ अर्ब ३४ करोड राजस्व संकलन भएको छ ।

     



    फास्ट न्युज    
  • २०८२ चैत्र १२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट