logo

२०८३ कार्तिक २१ शुक्रबार

logo
  • २०८३ कार्तिक २१ शुक्रबार
  • काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, १७ घाइतेको धुलिखेल अस्पतालमा उपचार जारी

    1.1KShares
    काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, १७ घाइतेको धुलिखेल अस्पतालमा उपचार जारी

    काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो । दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। घटनामा अन्य यात्रुहरू पनि घाइते भएको आशंका गरिएको भए पनि घाइतेको यकिन संख्या सार्वजनिक भएको छैन।

    मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका १७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ । दुर्घटनाको कारण पनि तत्काल खुल्न सकेको छैन।
    यो समाचार तयार पारुन्जेलसम्म घाइतेको संख्या पनि एकिन हुन बाँकी छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट