logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • प्रधानमन्त्रीसँग प्रश्नोत्तरअघि सभामुखले गरे रास्वपा नेताहरुसँग छलफल

    970Shares
    प्रधानमन्त्रीसँग प्रश्नोत्तरअघि सभामुखले गरे रास्वपा नेताहरुसँग छलफल

    काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अघि सभामुख देवराज घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरुसँग छलफल गरेका छन्  ।

    रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी)अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग सभामुख घिमिरे छलफलमा गरेका हुन् । शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने सम्भावित कार्यसूचीको पहिलो नम्बरमा राखिएको छ ।

    प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्दा अवरोध नगर्ने अभ्यास रहेको स्मरण सभामुखले रास्वपालाई गराएका छन् । सभामुखले आफ्नो संघर्षको स्वरुप बदलेर वा स्थगन गरेर प्रधानमन्त्रीले सम्बोधन गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । रास्वपा सांसदहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर वेल घेराउ र नाराबाजी गर्दै आएका छन् ।



    फास्ट न्युज    
  • २०८२ असार ६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट