logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • चालु आव २०८१/८२ मा ४.६१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

    1.1KShares
    चालु आव २०८१/८२ मा ४.६१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो ।

    चालु आवको चैतसम्मको तथ्यांक र बाँकी अवधिका लागि तथ्यांकीय विधि अनुसार यस्तो प्रक्षेपण गरिएको कार्यालयले जनाएको छ । चालु आवको बाँकी अवधिमा अर्थतन्त्रमा कुनै झट्का नलाग्ने अनुमान कार्यालयको छ ।

    राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको छ । कार्यालयका अनुसार आव २०८०\८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो भने आव २०७९\८० मा १.९८ प्रतिशत थियो ।

     



    फास्ट न्युज    
  • २०८२ बैशाख १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार