logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ, लिखतसम्बन्धी कसुर

    724Shares
    वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ, लिखतसम्बन्धी कसुर

    वीरगन्ज – वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी भएको आठ दिनपछि पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो । पर्साको ठोरी क्षेत्रमा बसिरहेको अवस्थामा मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीपराज पाठकले बताए ।

    गत १२ गते जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरी बमोजिम अदालतले मेयर सिंहसहित तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट