logo

२०८३ जेष्ठ १ शुक्रबार

logo
  • २०८३ जेष्ठ १ शुक्रबार
  • राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस

    718Shares
    राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेस गर्नुभएको हो ।

    सो अवसरमा बोल्नुहुँदै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताउनुभयो । बेरुजु फछ्र्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने उहाँको भनाइ थियो ।

    राष्ट्रपति पौडेलले अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
    यस प्रतिवेदनमा उठान भएका विषयवस्तुले सम्बन्धित निकाय र सरोकारवालाहरूलाई अझ बढी जवाफदेहीताबोध गराउने उहाँले उल्लेख गर्नुभयो ।

    सरकारी खर्च रकमको बढ्दो बेरूजु कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम राख्ने कार्यमा महालेखापरीक्षकको कार्यालयको भूमिका महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । आगामी दिनमा संस्थागत सक्षमता, पेसागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ समेत कार्यालय अझ क्रियाशिल हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट