logo

२०८३ बैशाख ३१ बिहीबार

logo
  • २०८३ बैशाख ३१ बिहीबार
  • राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

    724Shares
    राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

    काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम नसकिएकाले आगामी बैठकमा समेत छलफल जारी रहने जानकारी गराए ।

    राष्ट्रियसभामा बुधबारदेखि नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको हो । बैठकमा सांसदहरू किरणबाबु श्रेष्ठ, झक्कुप्रसाद सुवेदी, प्रेमप्रसाद दङ्गाल, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, नारायणदत्त मिश्र, घनश्याम रिजाल, सम्झना देवकोटा, दुर्गा गुरुङ, सुरेश आलेमगर र सोमनाथ पोर्तेलले आआफ्नो धारणा राखे ।

    राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३१ गते बिहीबार बिहान ११ः१५ बजे बस्नेछ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख ३१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट