logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • प्रलोभनमा परेका ४६ नेपालीको कम्बोडियाबाट उद्धार, स्वदेश फिर्ता

    754Shares
    प्रलोभनमा परेका ४६ नेपालीको कम्बोडियाबाट उद्धार, स्वदेश फिर्ता

    काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडियामा बसेका ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरेको छ । दूतावासले ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फिर्ता पठाएको छ ।

    प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र कम्बोडियामा बिनाभिसा बसिरहेका ४६ जना नेपालीको उद्धार गरिएको दूतावासले जनाएको छ ।

    दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ । ‘कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको छ,’ दूतावासले भनेको छ ।

    कम्बोडियाको पर्यटनसम्बन्धि तथ्याङ्कअनुसार पछिल्लो समय सन २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएका छन् । यस्तै सन २०२२ मा १९७७, सन २०२३ मा २९४०, सन २०२४ मा ६४०४ र सन २०२५ मा ९६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट