logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • अब बन्ने बालेन नेतृत्वको सरकारका लागि मन्त्री चयनको अन्तिम गृहकार्य

    820Shares
    अब बन्ने बालेन नेतृत्वको सरकारका लागि मन्त्री चयनको अन्तिम गृहकार्य

    काठमाडौं । बालेन शाह नेतृत्वको नयाँ सरकारमा बन्ने मन्त्री चयनको अन्तिम गृहकार्यमा रास्वपा जुटेको छ । केही व्यक्तिहरुको मन्त्रालय टुंगो लागिसके पनि केहीको बाँकी छ । ती बाँकी भएकाहरुसँग पार्टी सभापति रवि लामिछाने अन्तिम छलफलमा छन् ।

    बालेन यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारीमा छन् । सोही दिन सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ । हालसम्म १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद बनाउनेबारे छलफल भइरहेको स्रोत बताउँछ । रास्वपाले चुनावी वाचापत्रमा मन्त्रालय १८ मा सीमित गर्ने उल्लेख गरेकाले त्यो भन्दा ठूलो आकारको मन्त्रिपरिषद नबनाउनेबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।

    केही मन्त्रालय गाभेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी भइरहेकाे खबर सार्बजनिक भइरहेका छन् ।युवा तथा खेलकुदमा सुदन गुरुङको नाम पनि चर्चामा छ । मनिष झाको नाम पर्यटन वा सञ्चारमा छलफल भइरहेको छ । झालाई युवा तथा खेलकुद मन्त्री बनाउने प्रस्ताव समेत छ । मन्त्रीको रुपमा विभिन्न नामहरुमा छलफल भइरहेको तर टुंगो नलागेको रास्वपाका एक नेताले बताए ।

    २१ फागुनको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो । समानुपातिकबाट उसले ५७ सिट थपेको छ । प्रतिनिधि सभामा कूल १८२ सिटसहितको रास्वपा झण्डै दुई तिहाइ बहुमतको बलियो सरकार गठनको गृहकार्यमा छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र १०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट