logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • बालेनको नागरिकताको सवाल के हो ? किन तानिए विवादमा ?

    1KShares
    बालेनको नागरिकताको सवाल के हो ? किन तानिए विवादमा ?

    वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) नागरिकता विवादमा तानिएका छन् । उनको नागरिकतामा पहिले बालेन्द्र साह रहेकोमा पछि बालेन्द्र शाह बनाएको भन्दै प्रश्न उठेको हो ।

    काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुअघि उनको नागरिकतामा साह रहेको थर पछि परिवर्तन गरिएको पाइएको छ । महोत्तरीबाट २०६३ सालमा लिएको नागरिकतामा बालेन्द्र साह उल्लेख छ ।

    यो नागरिकता २०६३ साल पुस ९ गते तत्कालीन प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाले जारी गरेका थिए । तर काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि २०७९ साल असार १९ गते लिएको नागरिकताको प्रतिलिपिमा भने अर्को ‘साह’को ठाउँमा ‘शाह’ लेखेको पाइएको छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट