काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्नेछ । नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएपछि स्थगित भएको राष्ट्रियसभा बैठक माघ ४ गते सुरु भएको थियो ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया