काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा २ हजार चारसय रुपैयाँले बढेर ३ लाख तीन हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख एक हजार ४०० रुपैयाँमा खरिदविक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेर नयाँ रेकर्ड बनाएको छ । आज चाँदी २९० रुपैयाँले बढेर ६ हजार ४८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य ६ हजार १९० रुपैयाँ रहको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया