काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ ।प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरेर थालनी भएको उक्त पुस्तक प्रदर्शनीमा नयाँपुराना पुस्तक राखिएका छन् ।पुरानादेखि नयाँसम्मका नेपाली भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्रलगायत महत्वपूर्ण पुस्तकहरू पनि राखिएको प्रतिष्ठानले जनाएको छ ।
पुस्तक प्रदर्शनी पुस २६ गतेसम्म चल्ने प्रदर्शनीमा १५ प्रतिशतदेखि ४० प्रतिशतसम्म छुट दिइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया