logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • गृहमन्त्री अर्यालसँग वार्ता गर्न दुर्गा प्रसाईं पुगे सिंहदरबार

    910Shares
    गृहमन्त्री अर्यालसँग वार्ता गर्न दुर्गा प्रसाईं पुगे सिंहदरबार

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सिंहदरबार पुगेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गर्न प्रसाईं सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका हुन् । उनको समूहले यसअघि सरकारसँग दुई चरणमा वार्ता गरिसकेको छ ।

    प्रसाईं नेतृत्वको अभियानले विभिन्न २७ बुँदे माग राखी ७ मंसिरबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेको थियो । ६ मंसिरमा सरकारले अभियानसँग वार्ता गरेको थियो । सो वार्तापछि अभियानले १५ दिनका लागि आन्दोलन स्थगित गरेको थियो ।

    १५ दिनभित्र सरकारले माग सम्बोधन गर्ने बताएपछि आफूहरूले आन्दोलन स्थगित गरेको आन्दोलनका नेताहरूको भनाइ थियो । अभियानले त्यसबेला सरकारसँग वार्ता गर्दा संयोजक प्रसाईं भने थुनामा थिए ।

    सार्वजनिक शान्तिमा खलल पुर्‍याएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पछि, अदालतको आदेशमा उनी धरौटीमा रिहा भए । त्यसपछि सरकारसँगको वार्ताका लागि प्रसाईं आफ्नो अभियानको नेतृत्व गदैृ सिंहदरबार पुगेका हुन् ।

     



    फास्ट न्युज    
  • २०८२ मंसिर १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट