logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो

    796Shares
    इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो

    काठमाण्डौ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले ज्यानसम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याएर हिजो सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–३ का ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका–१३ का २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् । एनसिबि अबुधावी यूएईको समन्वयमा पक्राउ परेका उनीहरुलाई अस्ति बिहीवार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    ज्यानसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका बलबहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको थियो । विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पूर्जी जारी भएको थियो । दुवैजना वैदेशिक रोजगारको सिलसिलामा यूएईमा रहेका खुल्न आएपछि इन्टरपोलमार्फत पक्राउ गरिएको हो ।

    बलबहादुरलाई ईलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ ५, शनिबार ०५:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार