logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • एमाले महाधिवेशन: नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता

    979Shares
    एमाले महाधिवेशन: नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता

    काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार सोमबार उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म कार्यक्रम रहेका छन् । महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्।

    सोमबार मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानविन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फारम वितरण, उम्मेदवारको दरखास्त फारम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोध उजुरी दिने, उजुरीउपर छानविन र निर्णय, उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ ।

    त्यस्तै, पुस १ गते मंगलबार बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान समय तोकिएको छ । विद्युतीय मेशिनमा मतदानपछिको मतगणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रम तालिकामा समावेश गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट