logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • पोखरा बसपार्कका संरचना नभत्काउन अदालतले दियो अन्तरिम आदेश

    769Shares
    पोखरा बसपार्कका संरचना नभत्काउन अदालतले दियो अन्तरिम आदेश

    पोखरा– पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश आएको छ । पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले तत्कालका लागि संरचना नहटाउन आदेश दिएको हो।

    बसपार्कभित्र जग्गा रहेको दाबी गर्दै योगेन्द्रदेवी श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजनारायण सिंह राईको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

    अदालतले पोखरा महानगरपालिका–९ स्थित कित्ता नम्बर ५४ मा बनेका घर तथा अन्य भौतिक संरचना तत्काल नभत्काउन र नहटाउन आदेश दिएको छ। साथै जिल्ला प्रशासन कार्यालय कास्कीसहित विपक्षी पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ।

    पोखरा महानगरपालिकाले जेठ २५ गतेदेखि बसपार्क क्षेत्रका संरचना हटाउने आन्तरिक तयारी गरिरहेको अवस्थामा अदालतको यस्तो आदेश आएको हो। अदालतले दुवै पक्षलाई आगामी छलफलका लागि उपस्थित हुनसमेत भनेको छ।

    लामो समयदेखि विवाद र अतिक्रमणको केन्द्र बन्दै आएको बसपार्क क्षेत्र व्यवस्थापनका लागि महानगरले विभिन्न तयारी अघि बढाइरहेका बेला अदालतको आदेशपछि प्रक्रिया तत्कालका लागि रोकिएको छ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट