logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • प्रधानमन्त्री ओलीले भने- राष्ट्रसंघको महासभामा नेपालको हितका विषयमा कुरा उठाउँछु

    901Shares
    प्रधानमन्त्री ओलीले भने- राष्ट्रसंघको महासभामा नेपालको हितका विषयमा कुरा उठाउँछु

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको हितका विषयमा कुरा उठाउने बताउनुभएको छ । आउँदो असोज ४ गते संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाने विषय प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालले भोगेका समस्या र क्षतिपूर्तिबारे आफूले दरिलो कुरा राख्ने बताउनुभएको हो ।

    नेपालले जलवायु परिवर्तन हुने कारणमा कुनै योगदान नदिए पनि त्यसको असर भोगिरहेको कुरा विश्वका नेताहरूसामु राख्ने र क्षतिपूर्तिबारे कुरा उठाउने उहाँको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको महासभामा नेपालले अपनाएको शान्ति प्रक्रियाको बाटो, सामाजिक र लैङ्गिक क्षेत्रमा हात पारेको उपलब्धि लगायतका विषयमा पनि सम्बोधन गर्ने बताउनुभएको छ ।

    नेकपा माओवादी केन्द्रको अवरोध हटेपछि प्रतिनिधिसभाको आजको बैठक बसेकाे थियाे । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाने विषय संसद्लाई जानकारी गराउने कार्यसूची रहेकाले संसद् अवरोध नगर्ने माओवादीले निर्णय गरेको  थियाे।

    संसद्को शुरूमै बोल्दै माओवादीका सांसद शक्तिबहादुर बस्नेतले देशकै प्रतिष्ठासँग जोडिएको प्रधानमन्त्रीको भ्रमणबारे संसद्मा जानकारी गराउने विषयको महत्त्वलाई बुझेर संसद् चल्न दिइएको बताउनुभयो । उहाँले नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीको सशस्त्र युद्धलाई हिंसा भनेकोमा विरोध जारी नै रहेको बताउनुभयो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ३१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार