logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • परराष्ट्रमन्त्री खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदै

    769Shares
    परराष्ट्रमन्त्री खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदै

    काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै छन्।परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै मन्त्री खनालको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको हो । यसअघि जेठ २३ गते नै भारत जाने तयारी भए पनि केही प्राविधिक कारण भ्रमण तालिकामा सामान्य फेरबदल भएको मन्त्रालयले जनाएको छ ।

    नयाँ कार्यतालिकाअनुसार उनी शुक्रबार दिल्लीतर्फ प्रस्थान गर्नेछन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले समकक्षी एस. जयशंकरलगायत त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । हाल भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने नेतृत्वको टोलीले उच्च महत्त्व पाएको छ । रविलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भेटेका छन् ।

    यस्तोमा रास्वपा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार खनालले प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणबारे समकक्षीसँग संवाद गर्नेछन् । परराष्ट्रमन्त्री खनालले यो भ्रमणका क्रममा द्विपक्षीय हितका साथै नेपाल-भारत सीमा विवादसहितका मुद्दामा छलफल गर्न सक्ने बताइएको छ। उक्त छलफलपछि प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका एजेन्डा तय गरिने छ।\



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट