logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • यी प्रदेशमा हुने छ मेघगर्जन/चट्याङसहित भारी वर्षा र हिमपात

    712Shares
    यी प्रदेशमा हुने छ मेघगर्जन/चट्याङसहित भारी वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ ।

    कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशीका धेरै स्थानहरुमा र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरु तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागमा एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    कोशी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट