logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीको आतंक

    949Shares
    पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीको आतंक

    काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका(१६ स्थित पथलैया(निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ । आइतबार बेलुकादेखि नै सो क्षेत्रमा देखिएको जंगली हात्तीका कारण पूर्वपश्चिम राजमार्ग क्षेत्र आतंकित बनेको थियो ।

    सोमबार बिहान ८ बजेको समयमा ना४ख १८३० नम्बरको ट्रक चालकमाथि जंगली हात्तीले आक्रमण गरेको छ । ट्रकबाट हाम्फालेर भाग्न खोज्ने क्रममा हात्तीको आक्रमणबाट ट्रक चालक जितपुरसिमरा(१ का करिब ४० वर्षीय राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

    बेलुकादेखि नै हात्तीले आतंक मच्चाएपछि पूर्वपश्चिम राजमार्गमा गुड्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले अनुरोध गरेको थियो । तर, केही गाडीका चालकहरूले अटेर गर्दा सोमबार बिहान यस्तो घटना भएको बारा प्रहरीले जनाएको छ ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैया( निजगढ सडकखण्डको पिलुवा र निजगढ क्षेत्र बीचमा जंगली हात्तीले आतंक मच्चाएको हो । राजमार्ग क्षेत्रमा आतंक मच्चाउने हात्ती धपाउनका लागि बारा र चितवनबाट समेत हात्ती सहितको टोली परिचालन गरिएको बारा प्रहरीले जनाएको छ ।

    आतंक मच्चाउने हात्ती धपाउनका लागि टोली परिचालन भएसँगै सोमबार १२स्३० बजेपछि राजमार्गमा गाडी गुड्न थालेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट