logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • आज संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक

    आज संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक

    533
    SHARES
    आज संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक

    काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक आज बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति, विकास, आर्थिक मामिला तथा सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।



    कानून, न्याय तथा मानवअधिकार समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ ।

    यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिको बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल गरिनेछ ।

    यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । बैठकमा समितिको कार्यविधि तथा राज्यका निर्देशक सिद्धान्त र नीतिहरूका सम्बन्धमा छलफल हुनेछ । महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो पौने ४ बजे बस्नेछ । बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानवअधिकारको अवस्था सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।


    फास्ट न्युज
  • बुधबार, ५ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट