काठमाडौं । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाह सम्वन्धी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेकाले शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले सञ्चारमाध्यमसँग भने ‘उहाँले एक वर्ष कैद र ५ हजार जरिवानाको सजाय पाउनुभएकोमा भुक्तान गर्नुभएको रहेनछ, त्यसकै लागि नियन्त्रणमा लिइएको हो । ’ शेर्पा एमालेनिकट आदिवासी जनजाति महासंघका अध्यक्षसमेत हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया