काठमाडौँ — नेपाली कांग्रेसका नेता मधु आचार्यले पार्टीको जारी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। यसअघि महामन्त्री पदका लागि चर्चामा रहेका आचार्यले उम्मेदवारी दर्ताको दिन आज (मङ्गलवार) उपसभापति पदमा आफ्नो मनोनयन दर्ता गराउन लागेका हुन्।
विशेष महाधिवेशन र पार्टी रूपान्तरणको एजेन्डालाई पूर्णता दिन तथा त्यसको कार्यभार सम्हाल्न आफूले उपसभापति पद रोजेको आचार्यले बताएका छन्। कांग्रेसको संशोधित विधानअनुसार अब एक वरिष्ठ उपसभापतिसहित चार जना उपसभापति रहने व्यवस्था छ। जसमा एक जना महिला उपसभापति अनिवार्य गरिएको छ भने दुई वटा पदका लागि खुला तर्फबाट प्रतिस्पर्धा हुनेछ। आचार्यले सोही खुला तर्फको उपसभापति पदमा प्यानल वा स्वतन्त्र रूपमा दाबी प्रस्तुत गर्न लागेका हुन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया