logo

२०८३ आश्विन २० मंगलवार

logo
  • २०८३ आश्विन २० मंगलवार
  • कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि आज उम्मेदवारी मनोनयन दर्ता, १० देखि ३ बजेसम्मको समय

    721Shares
    कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि आज उम्मेदवारी मनोनयन दर्ता, १० देखि ३ बजेसम्मको समय

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज (मङ्गलवार) नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार इच्छुक आकांक्षीहरूले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सक्नेछन्।

    मनोनयन दर्ता सकिएलगत्तै निर्वाचन प्रक्रियाका बाँकी कामहरू आजै अघि बढ्नेछन्। समितिका अनुसार उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन दिउँसो ४:३० बजे गरिनेछ। त्यसपछि उम्मेदवारीमाथि दाबी-विरोध गर्न चाहनेहरूका लागि दिउँसो ४:३० देखि साँझ ५:३० बजेसम्म एक घण्टाको समय तोकिएको छ।

    दाबी-विरोधमाथिको छानबिन र जाँचबुझ साँझ ५:३० देखि ६:३० बजेसम्म गरिने निर्वाचन समितिले जनाएको छ। जाँचबुझको प्रक्रिया सकिएपछि आजै साँझ ७:०० बजे उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट