logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • हिंसा’ शब्दबारे सभामुखको रुलिङपछि संसद्‍मा माओवादी आक्रोशित, बैठक स्थगित

    हिंसा’ शब्दबारे सभामुखको रुलिङपछि संसद्‍मा माओवादी आक्रोशित, बैठक स्थगित

    520
    SHARES
    हिंसा’ शब्दबारे सभामुखको रुलिङपछि संसद्‍मा माओवादी आक्रोशित, बैठक स्थगित

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रका सांसदले अवरोध गरेपछि बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।



    सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलको सांसदको दोहोरोमा बैठक सञ्चालन हुन नसक्ने जानकारी गराउनुहुँदै बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको हो।

    भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसद्को अभिलेखबाट नहट्ने निर्णय सभामुखले सुनाउनुभएपछि माओवादी सांसदले बैठकमा विरोध गरेका हुन्।

    पन्तले धारणा राखेपछि माओवादी सांसदहरु थप अन्सन्तुष्ट भएका थिए । उनीहरुले उठेरै हिंसा शव्दप्रति आपत्ती जनाएका थिए । सभामुख घिमिरेले बसेर सभा सञ्चालनका लागि सहज वातावरण बनाउन आग्रह गरेपनि दुईपक्षीबीच वादविवाद भएपछि पुनः माओवादी प्रमुख सचेतक पाण्डेलाई बोल्न समय दिइएको थियो । पाण्डेले हिंसा शव्दका बिषयमा भएको व्याख्या स्वीकार्य नहुने भन्दै आपत्ति जनाउनुभयो ।

    पाण्डेले बोलेपछि समय पाउनुभएका एमाले प्रमुख सचेतक महेश बर्तौलाले हिंसा अन्त्य गर्ने भनेर तत्कालिन समयमा माओवादी अध्यक्ष प्रचण्डले नै हस्ताक्षर गरेको तर्क गर्नुभयो । संविधानले सशस्त्र द्वन्द्व भनेपनि हिंसाको क्रममा जघन्य अपराध भएको समेत उहाले आरोप लगाउनुभयो ।

    बैठकमा सभामुख घिमिरेले बहसले निष्कर्ष निस्कन नसक्ने भएकाले आसन ग्रहण गरेर नियमित ढंगले अघि बढाउन आग्रह गरेपनि माओवादी सांसदहरुले हिंसा शव्दको प्रतिवाद गरिरहे । आफुले पटक पटक आग्रह गर्दा पनि सभासञ्चालनका लागि सहयोग नभएको भन्दै सभामुख घिमिरेले बैठक भदौ ३० गते सम्मका लागि स्थगित गर्नुभएको थियो ।


    फास्ट न्युज
  • बुधबार, २६ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट