logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • देशका विभिन्न ठाउँमा रातभरि ठूलो वर्षा, चार सडक अवरुद्ध

    1KShares
    देशका विभिन्न ठाउँमा रातभरि ठूलो वर्षा, चार सडक अवरुद्ध

    काठमाडौँ – मङ्गलबार राति परेको वर्षापछि चलेको बाढी र पहिरोमा देशभर थप चार सडक अवरुद्ध भएको छ । सडक विभागले गएरातिदेखि थप चार सडक अवरुद्ध भएको जानकारी दिएको हो । तिब्बत स्रोत भएको ल्हेन्दे खोलामा हिमबाढी आउँदा गल्छी-त्रिशुली-मैलुङ्ग-स्याप्रुबेंशी-रसुवागढी सडक योजना अवरुद्ध भएको छ । रसुवागढीमा नेपाल-चीन जोड्ने मितेरी पुल नै बगाएको छ ।

    विभागका अनुसार; चीनबाट ठूलो बाढी आउँदा सीमा नाकाको मितेरी पुल बगाएको र तटीय क्षेत्रको सडक कटान भएको हो । यो सडक कहिलेसम्म खुलाउन सकिन्छ भन्नेबारे विभागले कुनै जानकारी दिएको छैन । शहीद मार्ग सडक योजना अन्तर्गत कोईलावास-लमही, अर्जुनखोला-घोराही-होलेरी-घर्तीगाँऊ-थवाङ-लुकुम सडक पनि अवरुद्ध भएको छ । रोल्पाको खरिबोटमा ढुङ्गासहित पहिरो आएकोले सडक खुलाउन समस्या भएको र हाल मेशिन तैनाथ रहेको विभागले जनाएको छ ।

    पाँचथरको हेवा खोलामा बाढी चल्दा केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम, गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडक खण्ड पनि अवरुद्ध भएको छ । खोलाको वहाव घटेपछि मेसिन र लेन्थ वर्कर लगाएर सडक सञ्चालनमा ल्याइने विभागले जानकारी दिएको छ । सल्यानको चोरखोलामा बाढी आउँदा राप्ती राजमार्ग अन्तर्गत अमेलिया-तुल्सीपुर-शीतलपाटी-थारमारे-मुसीकोट सडक पनि अवरुद्ध छ । भोलि उज्यालो भएपछि मेसिन प्रयोग गरी सडक खुलाउने विभागको योजना छ । विभागका अनुसार हाल देशभर ७२ सडक एकतर्फी चालु अवस्थामा र पाँच सडक अवरुद्ध छ । ७५ सडक दुईतर्फी सञ्चालनमा छ ।



    फास्ट न्युज    
  • २०८२ असार २५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट