logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • पोताला दरबारमा अशोक सिलवालको ‘अप्प दीपो भव:’ सार्वजनिक

    1.6KShares
    पोताला दरबारमा अशोक सिलवालको ‘अप्प दीपो भव:’ सार्वजनिक

    काठमाडाैं । अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको सिलवालकृत ‘अप्प दीपो भवः’ ल्हासास्थित संसार प्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको हो ।

    लेखक सिलवाल र एशोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

    ‘तिब्बत गए पनि धेरै बर्षदेखि जान चाहेको ल्हासा जाँदै थिइनँ, पोताला जाँदै थिइनँ, म त मानसरोबर जाँदै थिएँ, कैलाश जाँदै थिएँ, कैलाश कोरा गर्न जाँदै थिएँ’, पुस्तक पाठमा त्यसो भनिए पनि सिलवालले पुस्तक सार्वजनिकचाहिँ ल्हासास्थित पोताला दरबार पुगेरै गरेका छन् ।

    ‘अप्प दीपो भवः’ सिलवालको चौथो पुस्तक हो, जहाँ तिब्बतस्थित कैलाश कोरा गर्दाका लौकिक–अलौकिक अनुभव लिपिवद्ध छन् । लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’ र यात्राका मीठामसिना समेटिएको ‘श्रीलंका स्मृति’ प्रकाशित छन् । पर्यटन प्रशिक्षकसमेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।

    ‘अप्प दीपो भवः अर्थात् आफ्नो प्रकाश आफै बन’, बुद्धको सूत्र वाक्य साभार गर्दै कृतिबारे सिलवालले यत्ति भने, ‘याे प्रकृति र अध्यात्मतिरकाे यात्रा हाे, आफैतिरकाे यात्रा हाे ।’



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ३१, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट