logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • झापा महिला गोल्डकप आजदेखि शुरू हुँदै

    1KShares
    झापा महिला गोल्डकप आजदेखि शुरू हुँदै

    काठमाण्डौ – झापा महिला गोल्डकप प्रतियोगिता आजदेखि शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे नेपाल पुलिस क्लबको महिला टोली र चर्च ब्वाइज युनाइटेडको महिला टोलीबीच हुनेछ । झापाको दुधे रंगशालामा आजदेखि शुरू हुने प्रतियोगिता कात्तिक २४ गतेसम्म चल्नेछ ।

    यसअघि कात्तिक १५ गतेदेखि शुुरू हुने भनिएको प्रतियोगिता वर्षाका कारण दुई दिनपछि सरेको हो । आठ वटा टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, एपीएफ क्लब, सिङलिङ एस.सी सिक्किम, संकटा क्लब, झापा एफसी, त्रिभुवन आर्मी क्लब र आर.एस पोखरा सहभागी छन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट