काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकका असंतुष्ट नेताहरु नेकपा एमालेसँग संवादमा रहेका बुझिएको छ । शनिबार आयोजित केन्द्रीय कमिटीको बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, उपमहासचिब विजय पौडेल, नेतृ रामकुमारी झाँक्रीलगायत एक दर्जन नेताहरुले असहमति राखेपछि माओवादीसँग एकता गर्ने अन्तिम निर्णय हुन सकेन । अन्ततः असन्तुष्ट नेताहरु एमालेसँग संवादमा रहेका छन् ।
यता माधव नेपाल नेतृत्वको समाजवादीले नेकपा माओवादी केन्द्र लगायत दलसँग एकता गर्ने निर्णय गरिसकेको छ । गएको १२ गतेदेखि बसेको बैठकले एकता गर्नका लागि नेता व्यवस्थापनलगायत प्राविधिक विषयको टुङ्गो लगाउने जिम्मेवारी सचिवालय बैठकलाई दिने निर्णय गरेको हो ।
पार्टीमा चार सय १९ जनाको केन्द्रीय कमिटी बैठकमा बहुमत नेताहरूले एकताको पक्षमा धारणा राखेका उपाध्यक्ष जगन्नाथ खतिवडाले जनाएका छन् । संस्थापन पक्षले केन्द्रीय कमिटीबाट माओवादीसँग एकता गर्ने अन्तिम निर्णय गर्ने तयारी गरेको थियो । बैठकमा हतारमा निर्णय गर्न नहुने बलियो मत आएपछि अन्तिम निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिइएको छ ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट नेतालाई लक्षित गर्दै घर फर्कन आहृवान गरेका छन्। एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नेबारे विवाद भइरहेका बेला ओलीले फरक मत राख्नेलाई एमालेमा फर्कन सार्वजनिक रुपमा आहृवान गरेका हुन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया