logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समिति बैठक

    1KShares
    जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समिति बैठक

    काठमाडौं । जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समितिको बैठक बस्न सुरु भएको छ । बिहीबार राष्ट्रिय सभा अन्तरगतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सम्पन्न भएको छ ।

    सिंहदरवारमा बसेको बैठकका एजेण्डामा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम लगायत थियो ।

    तर सांसदहरुले जेनजी आन्दोलन स्मरण गरेका छन् । प्रधानमन्त्री वा गृहमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग उनीहरुले गरेका छन् । विकासको योजना काटिएको विषयमा समेत छलफल आवश्यक रहेको उनीहरुको भनाइ छ ।

    राष्ट्रिय सभा सदस्यहरु जग प्रसाद शर्मा, राजेन्द्र लक्ष्मी गैरे, गोपी बहादुर सार्की अक्षामी लगायतले सरकारसँग छलफल आवश्यक रहेको बताए । ‘प्रधानमन्त्रीकै उपस्थितिमा छलफल गर्न सकिन्छ, गरौं,’ साम्सद शर्माले भनेका छन् । समिति सभापति सोनाम गेल्जेन शेर्पाले त्यसमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट