logo

२०८३ जेष्ठ ४ सोमबार

logo
  • २०८३ जेष्ठ ४ सोमबार
  • राष्ट्रिय गौरवको फास्ट ट्रयाक निर्माणमा तीव्रता, हालसम्म ४२.१३% भौतिक प्रगति

    1.6KShares
    राष्ट्रिय गौरवको फास्ट ट्रयाक निर्माणमा तीव्रता, हालसम्म ४२.१३% भौतिक प्रगति

    काठमाडौं – राष्ट्रिय गौरवको आयोजना तथा रणनीतिक महत्वको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्यले हाल तीव्रता लिएको छ। नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेकाे यो आयोजना २०८३ सालको चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ।

    हालसम्म नीति तथा कानुनी जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता समस्याका कारण काम ढिलो भएको थियो। तर, अहिले भने ती अवरोधहरू क्रमशः हट्दै गएका छन् र निर्माणले उल्लेखनीय गति लिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।

    २०७८/८१ को अद्यावधिक विवरण अनुसार, २०८२ सालको असार मसान्तसम्म काठमाडौं–तराई–मधेश द्रुतमार्गको समग्र भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति (मोविलाइजेशन सहित) ४४ प्रतिशत पुगेको छ।

    आयोजनाको कार्यान्वयन अन्तर्गत रहेका १३ निर्माण प्याकेजमध्ये हाल प्याकेज नं. १ देखि १० सम्म (प्याकेज ८ क, ८ ख, ९ क, ९ ख समेत) निर्माणाधीन अवस्थामा छन्। प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा भने हाल जग्गा अधिग्रहण र सडकको सुरुआत बिन्दु तथा सवारी व्यवस्थापनमा आवश्यक समन्वय कार्य भइरहेको छ।

    हालसम्म आयोजनामा भएको कुल खर्च ८० अर्ब ५४ करोड रुपैयाँ रहेको छ। यसमध्ये जग्गा खरिदका लागि दिइएको १ अर्ब ६५ करोड, निर्माण व्यवसायीहरूलाई दिइएको ८२.३७ करोड र विद्युत प्राधिकरणलाई प्रदान गरिएको ९.८१ करोड पेश्की सहित करसमेत दाखिला गरिएको रकम २ अर्ब ५७ करोड रहेको छ। त्यसअनुसार आयोजनाको शुद्ध खर्च ७७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ।

    नेपाल सरकारको विशेष प्राथमिकतामा रहेको यो फास्ट ट्रयाकले काठमाडौंलाई तराईसँग जोड्नेछ, जसले राष्ट्रिय आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

     

     



    फास्ट न्युज    
  • २०८२ श्रावण १७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट