logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ५१ करोडको कारोबार

    1.2KShares
    नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ५१ करोडको कारोबार

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५.८० अंक घटेर बन्द भएको छ । सोमबार नेप्से ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा पुगेर रोकिएको छ ।कारोबार रकम पनि घटेको छ । यसदिन चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार (कात्तिक २३) चार अर्ब ९० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

    आज दारम खोला हाइड्रो, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने माबिलुंग इनर्जीको शेयर ९.९८ प्रतिशतले बढेको छ ।  त्यस्तै आज उन्नति सहकार्य लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४८ करोड ८८ लाख कारोबार भएको छ भने युनियन हाइड्रोको २५ करोड ७८ लाख बराबर कारोबार भएको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट