काठमाण्डौ । रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो । सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा केही बढीजस्तो रहेको र बरामद भएको सुनको परीक्षणको काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।
स्याउ लिएर आएको कन्टेनरमा चालकको सिट नजिकै फल्स बटन बनाएर सुन राखेको पाइएको पौडेलले बताउनुभयो । मावर्ती बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा प्रहरीले सुन बरामद गरेको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया